पोर्चुगल तथा युभेन्ट्स सुपरस्टार क्रिष्ट्रियानो रोनाल्डोकी बहिनी इल्मा अभिइरोले लिओनल मेसीले रोनाल्डोको प्रार्थना गर्दै गरेको हाेच्याउने कार्टून आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी छिन्।
उनले ‘मेरो राजा, अहिलेसम्मकै सर्वोत्कृष्ट' भन्दै पोस्ट गरेकी छिन् । तर रोनाल्डोले भने फुटबलमा प्रतिस्पर्धा हुनु स्वभाविक भएको बताउँदै मेसीसँग कहिल्यै प्रतिद्वन्द्वीको भावना नराखेको बताएका थिए।
यो पनि: ‘मेस्सीलाई कहिल्यै प्रतिद्वन्दीको रुपमा हेरिन’- रोनाल्डो
गत मंगलबार च्याम्पियन्स लिगमा बार्सिलोना युभेन्टससँग ३–० ले पराजित भएको थियो। जसमा दुई गोल रोनाल्डोले गरेका थिए। उक्त खेलमा मेसीले कुनै गोल गर्न सकेनन्। मेसीले ६ पटक र रोनाल्डोले ५ पटक बेलोन डि अर जितेका छन्।
उक्त पोस्टमा धेरै फ्यानहरुले बिरोद पनि जनाएका छन् । एक फ्यानले लेखेका छन्, "यदी म मेस्सिको भाई हुन्थे भने रोनाल्डोलाई होच्याउने यस्तो खाले पोस्ट हाल्दिन थे, रोनाल्डोको बहिनि यती सम्म होलिन् भनेर सोच्या थिन ।
यो पनि: बार्सिलोनाको मैदानमा रोनाल्डोको दुई गोल, युभेन्टस बिजयी