durbar-times

रू रू जलविद्युतकाे आजबाट प्राथमिक शेयर (आईपीओ) निष्कासन


रू रू जलविद्युतकाे आजबाट प्राथमिक शेयर (आईपीओ) निष्कासन

रू रू जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि आजबाट प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले रु. १०० प्रति शेयरका दरले ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर आयोना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि आईपिओ निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने छ । निष्कासन बन्द फागुन २१ गते रहेको छ भने आवेदन कम परेमा ढिलोमा चैत ८ गते बैंकिङ्ग समयसम्म आवेदन खुला रहने छ ।

प्रदेश ५ को गुल्मी जिल्लाको  चद्रकोट गाउापालिका वडा नं. ६ र ७ मा निर्माण भएको उक्त जलविद्युत आयोजनाले विद्युत उत्पादन अनुमति प्राप्त वि.सं. २०७० चैत ९ गते पाएको हो । यस परियोजनाले वि.सं. २०७१ चैत ९ गतेदेखि ५ मेघावाट विद्युत व्यवसायिक उत्पादन शुरु गरेको हो । यो अयोजनाको प्रतिमेगावाट लागत रु. १४ करोड ८९ लाख ४ हजार ३८२ रहेको छ ।

त्यस्तै कुल लागत ७४ करोड ४५ लाख २१ हजार ९१० रहेको छ । आयोजनाले आर्थिक वर्ष २०७७÷७८ को आश्विन मसान्तसम्ममा कुल ५ करोड १२ लाख ४८ हजार ४७६ बराबरको विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको अवस्था रहेको छ ।
शेयर विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

1

८१६७ संक्रमित थपिए, ५४५५ जना कोरोनामुक्त

2

भटमास : यस्ता व्यक्तिलाई हुन्छ विष समान

3

यादव-भट्टराई पक्षले बोलायो जसपा कार्यकारिणी समिति बैठक

4

रोल्पाका अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण

5

पूर्वप्रम देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामग्री

6

आज युभेन्टस र इन्टर मिलान आमने सामने हुँदै


Share Tweet Send