durbar-times

रूरू जलविद्युलकाे आइपिओमा कति पर्याे आवेदन ?


रूरू जलविद्युलकाे आइपिओमा कति पर्याे आवेदन ?

रुरु जलविद्युत परियोजना लिमिटेडले बिक्री खुला गरेको आईपीओमा अन्तिम दिन सम्म झन्डै १७ लाखले आबेदन दिएका छन् ।

रु रु जलविद्युत परियोजनाले गत चैत २० गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज अन्तिम दिन सम्ममा  १६ लाख ६९ हजार ५६६ आवेदकबाट २ करोड ३३ लाख ७७ हजार २२० कित्ताको लागि आबेदन परेको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिक्रि गरेको छ ।

कम्पनीले  ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ सर्बसाधारणकोलागी बिक्रि खुला गरेकोमा  ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको थियो।

कम्पनीले यस अघि  फागुन ७ गते देखि आयोजना प्रभावित स्थानीयवासिन्दाको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गरेको थियो ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send