लिभरपुलका फरवार्ड सलाहको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ


लिभरपुलका फरवार्ड सलाहको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

एजेन्सी । कोरोना भाईरसबाट संक्रमित लिभरपुलका फरवार्ड मोहमद सलाहको दोस्रो रिपोर्ट समेत पोजेटिभ आएको छ ।

इजिप्ट फुटबल एसोसियसनले बुधबार सलाहको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको जनाएको छ ।

लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना
एजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । इजिप्ट फुटबल एसोसियसनले शुक्रबार सलाहलाई कोरोनाको संक्रमण देखिएको जनाएको छ । कोरोना देखिएपनि उनलाई कुनैपनि लक्षण नभएको बताईएको छ । २८ वर्षीय सलाह राष्ट्रिय टिमका लागि इजिप्टमा रहेका छन् । इजिप्टले शनिबार अफ्रिका कप अफ नेसन…

दोस्रो पटकको रिपोर्ट पोजेटिभ आएपछि २८ वर्षीय सलाहले प्रिमियर लिग अन्तर्गत लेष्टर सिटीसँगको खेल गुमाउने भएका छन् । लिभरपुलले आइतबार लेष्टरसँग खेल्दैछ ।

यस्तै आगामी हप्ता हुने च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्धको खेल समेत गुमाउने छन् । त्यस्तै एसोसियसनले मिडफिल्डर मोहमद एल्नेनीको दोस्रो रिपोर्ट समेत पोजेटिभ आएको जनाएको छ ।

इटली र बेल्जियम युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश
इटली र बेल्जियम युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । इटली लिग ए को समूह एकको विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने बेल्जियम लिग ए को समूह दुईको विजेता बन्दै सेमिफाइनल पुगेको हो । समूहको अन्तिम खेलमा बोस्निया एण्ड हर्जगोभिनालाई २-० ले पराजित गर्दै इटली समूह विजेता बनेको हो । जितपछि …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...