आइतबार लगातार बढेकाे नेप्से सूचक आजभने केही माथी गएर सामान्य करेक्सन भएकाे छ । २२०० अंकभन्दा माथी पुगेकाे नेप्से सूचक ६.३६ अंकले घटेर २१६९.०४ विन्दुमा अडिएको छ ।
कुल २०२ कम्पनीको ५ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड १६ लाख ४३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कुल १२ मध्ये ५ समूहको सूचक वृद्धि भएको छ भने ७ समूह तल झरेका छन् । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ५२.४७ अंकले बढेको छ ।
वाणिज्य बैंक समूहमा ११.२ अंकको ह्रास आएको छ । जानकी फाइनान्स र किसान लघुवित्तको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी ४६ करोड रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ र नेपाल टेलिकम परेका छन् ।