http://bit.ly/bajajdurbartimes

साना किसान लघुवित्तले गर्याे लाभांश घाेषणा,कति पाइन्छ ?


साना किसान लघुवित्तले गर्याे लाभांश घाेषणा,कति पाइन्छ ?

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

संस्थाकाे आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५% बोनस सेयर र कर तिर्न १.३१५% नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयन हुनेछ ।

साना किसानले गत वर्ष २७.२५% बोनस सेयर र १.४३% नगद लाभांश दिएको थियो । हाल यस लघुवित्तको चुक्ता पुँजी १ अर्ब २ लाख २९ हजार रुपैयाँ र रिजर्भ कोषमा २ अर्ब १० करोड रुपैयाँ रहेको छ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । साना किसानको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१० रुपैयाँ ८२ पैसा छ ।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send