काठमाडौँ– शुक्रबार एक्कासी काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यका भित्रको वायु प्रदूषण निकै बढेको मन्त्रालयले जनाएको छ ।
यसले श्वासप्रश्वासमा कठिनाइँ लगायत विविध स्वास्थ्य समस्याहरु देखापर्ने भन्दै मन्त्रालयले सावधानीका सम्बन्धमा ५ बुँदे अपिल जारी गरेको हो । अहिले भइरहेको वायु प्रदूषणले श्वासप्रश्वासमा गम्भीर समस्या निम्त्याउन सक्नेभन्दै मन्त्रालयले घर बाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।
मन्त्रालयले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम-खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उनीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिककले घर बाहिर निस्किँदा मास्कको प्रयोग अनिवार्य गर्नुका साथै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयद्वारा जारी अपिल:
