गजल - नारायण घिमिरे


गजल - नारायण घिमिरे

सृजनसम्भरणको कथा सुन्न आऊ,
कि जीवनमरणको कथा सुन्न आऊ ।

शिखरमा छु ऐले अरे वाह भन्छौ,
अघिल्लो चरणको कथा सुन्न आऊ ।

तिमी टिप्पणी झिक्दछौ सारबाट,
हरेक उद्धरणको कथा सुन्न आऊ ।

कहानी पुरानो छ सीताहरणको,
नयाँ संस्करणको कथा सुन्न आऊ ।

घमण्डी भएछौ भनी हिड्नुपूर्व,
‘अहम्’संवरणको कथा सुन्न आऊ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...