बलिउड अभिनेता सैफ अली खानविरुद्ध मुद्दा दर्ता भएको छ।
ओम राउतको निर्देशनमा बनेको फिल्म 'आदिपुरुष'बारे दिएको अन्तर्वार्तालाई लिएर सैफ विवादमा तानिएका हुन्। उनीविरुद्ध उत्तर प्रदेशको जौनपुर जिल्लास्थित एडिसनल चीफ जुडिसल मजिस्ट्रेट अदालतमा एक वकिलले मुद्दा दायर गरेका हुन्।
नागरिक अदालतका अधिवक्ता हिमांशु श्रीवास्तवले धारा १५६ (३) अन्तर्गत अधिवक्ता उपेन्द्र विक्रम सिंह मार्फत मुद्दा दर्ता गराएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले मुद्दाको आगामी सुनुवाइ डिसेम्बर २३ मा तय गरेको छ।
सैफको अन्तर्वार्ताले 'आस्था' र 'सनातन धर्मको विश्वास'लाई नकारात्मक चित्रण गरेको र धार्मिक आस्थामा प्रहार गरेको आरोप लगाइएको छ।
भगवान रामबारे बन्ने 'आदिपुरुष' मा सैफ रावणसँग मिल्दोजुल्दो भूमिकामा देखिनेछन्। सैफले एक अन्तर्वार्तामा भनेका थिए, 'लक्ष्मणले रावणको बहिनी सुपर्णखाको नाक काटिदिएका थिए। त्यसैले उनले सीतालाई अपहरण गर्नुको औचित्य छ।'
यो पनि पढ्नुहोस्: