भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा आगलागी भएको छ। आर्मी अफिसर क्लब नजिकै अवस्थित प्रधान सेनापतिको पुरानो कार्यालयको दोस्रो तलामा बिहीबार दिउँसो आगलागी भएको हो।
आगो फैलिएपछि नियन्त्रणका लागि नेपाली सेनाको एउटा दमकल र काठमाडौं महानगरपालिकाका दुईवटा दमकल परिचालित भएका छन्। आगो निभाउन दुईवटा पानी ट्याङ्कर र सेनाका करिब डेढ सय जवान खटिएका छन्। क्लबभित्र रहेको सावना कक्षमा बिद्युत सर्ट भएर आगलागी भएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए। उनका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ।
आगलागीबाट खासै क्षति नभएकाे उनले बताए।