http://bit.ly/bajajdurbartimes

साझा र विवेकशील पार्टीबीच पुनः एकता


साझा र विवेकशील पार्टीबीच पुनः एकता

साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार औपचारिक रुपमा पुनः एकता घोषणा भएको छ।

एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन्। एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ।

पार्टीको पहिलो वरियतामा अध्यक्ष मिश्र र दोस्रो वरियतामा संयोजकमा पाण्डे रहने छन्। पार्टीको लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गर्दै आएको तराजु नै राख्ने सहमति भएको छ। नयाँ पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीका ६५–६५ जना गरी १३० जना सदस्य रहने छन्।

दुई वर्षअघि फुटेका दुबै दलबीच बुधबार पुनः एकता घोषणा भएको हो।

यो पनि:

1

नागरिक एप प्रयोग गर्नेलाई निःशुल्क मोबाइल डेटा

2

मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

3

विप्लवद्वारा भोलि नेपाल बन्दको घोषणा

4

नेपाल पुलिस क्लबको सानदार जित

5

महिला लिग :भोलि तय भएको दुई खेल स्थगित

6

कंगना रनौटको ट्विटर अकाउन्टमा लाग्यो प्रतिबन्ध


Share Tweet Send