कसले रोक्दो रहेछ, हेरौँ!


कसले रोक्दो रहेछ, हेरौँ!

विगत दुईसय बीस दिनयता ‘हन्ड्रेड्स ग्रुप्स’ ले कोरोनाका कारण समस्यामा परेकाहरूलाई दैनिक निशुल्क खाना खुवाउँदै आएको छ। निशुल्क खाना वितरण अभियान नेतृत्व गरिरहेका अन्शु यादवलाई आज साढे दुई बजेतिर फोन गरेर आजदेखि खाना नबाँड्न भनेको बताए। सोही सन्दर्भमा साझा पार्टीले निकालेको प्रेस विज्ञप्ती।

साझा पार्टीको प्रेस विज्ञप्ती

केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ।

कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।
सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।

साझा पार्टीको उक्त कदम महिनौँदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र हो। साझा पार्टी नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न हार्दिक अपिल पनि गर्दछ।

सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्।

शरदराज पाठक
प्रवक्ता, साझा पार्टी
१८ कार्तिक २०७७

कोरोना परीक्षण र उपचारको खर्च असुल्न पाउनुपर्ने माग गर्दै सरकार सर्वोच्च अदालतमा
काठमाण्डाै - कोरोना परीक्षण गर्दा शुल्क असुल्नुपर्ने माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवेदन दर्ता गराएको छ । कोरोना परीक्षण नि:शुल्क गर्न भनेर दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत पुनरावलोकन निवेदन दिएका हुन् । मन्त्र…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...