durbar-times

गोरखाको आरुघाट क्षेत्रबाट सालकको उद्धार


गोरखाको आरुघाट क्षेत्रबाट सालकको उद्धार

गोरखाको आरुघाट क्षेत्रबाट सोमबार सालकको उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं ९ स्थित आरुघाट पुल नजिकैबाट सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेललले जानकारी दिए ।

स्थानीयवासीले सालक भेटिएको जानकारी दिएपछि वन कार्यालय र इलाका प्रहरी कार्यालय आरुघाटबाट गएको प्रहरीको संयुक्त टोलीले सालकको उद्धार गरेको उनले बताए । उद्धार गरिएको सालकलाई गोरखा नगरपालिका–८ स्थित लुदी दामगाढे सामुदायिक वन क्षेत्रमा छाडिएको सूचना अधिकारी पौडेलले जानकारी दिए । उक्त सामुदायिक वन क्षेत्र सालकको राम्रो बासस्थान क्षेत्र भएकाले सो क्षेत्रमा लगेर छोडिएको उनको भनाइ छ ।

गोरखा नगरपालिका क्षेत्रमा यसअघि पनि पटकपटक सालक भेटिएको भए पनि आरुघाट क्षेत्रमा पहिलोपटक फेला परेको वन कार्यालयले जनाएको छ । सालक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा संरक्षित वन्यजन्तुको सूचीमा पर्ने उनले बताए । (रा स स )

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send