काठमाण्डौ | बलिउड नायक सलमान खानले संचालन गरिरहेको ‘बिइङग ह्यूमन’को नेपाली फ्रेन्चाइज लिएको संस्थाले उनको जन्मदिन सेलिब्रेट गरेको छ ।
आइतबार नायक खान ५५ बर्षमा प्रवेश गरेका छन् । यो बर्ष सलमानले आफ्नो जन्मदिन परिवारसँग मात्र मनाएका छन् ।
चलचित्रको छायांकनमा रहेकाले उनले यो वर्षको बर्थडे चलचित्रकर्मीहरूसँगै मनाएका थिए। उनले शुभचिन्तकहरूलाई आफ्नो घरमा भीडभाड नगर्न आग्रह गरेका थिए। जसका कारण शुभचिन्तकहरू उनको घरमा गएनन्।
बर्थडे सेलिब्रेसन कार्यक्रममा अभिनेता भुवन केसी, अभिनेत्री सुष्मा कार्की, अभिनेता प्रशान्त ताम्राकारलगायतका सेलिब्रेटीको उपस्थिति रहेको थियो।
‘विइङ्ग ह्यूमन क्लोथिङ नेपाल’को समुहले आइतबार सलमानको जन्मदिनको अवसर पारेर सीडीएनए संस्थासँग मिलेर कपनमा शारीरिक रुपमा कमजोर रहेका बालबालिकाहरुलाई ४५ हजार रुपैयाँ बराबरको खाद्यान्य सहयोग गरेको थियो ।