Entertainment & Arts

नेपाली सेनाको ‘समर्पण’ सार्वजनिक

आफ्नो ज्यानको बाजी लगाएर नेपाली वन-जंगलको रक्षा गर्ने नेपाली सेनाको कथा |


काठमाडौं- नेपाली सेना र ब्रह्माण्ड मोसन पिक्चर्सले निर्माण गरेको लघु चलचित्र ‘समर्पण’ सार्वजनिक भएको छ। अनिरूद्ध दुवाडी निर्देशित उक्त लघुचलचित्र शनिबार युट्युबमा सार्वजनिक भएको हो। चलचलित्रमा वन्यजन्तु र वनको संरक्षणमा नेपाली सेनाको त्याग र योगदानको बारेमा देखाउन खोजिएको छ। चलचित्रमा सुन्दर धिताल, सजना थापा, बिनोद चौधरी, रामबाबु रेग्मी, अभिषेक गैरे, रोनिश राउत र प्रकाश सुवेदी लगायतको अभिनय रहेको छ। चलचित्रले नेपाली सेनाले आयोजना गरेको लघुचलचित्र प्रतियोगिता २०७७ मा सान्तवना घोषित भएको थियो।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...