काठमाडौं। संवैधानिक परिषदको बैठक स्थगित भएको छ।
सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि मंगलबार बिहान डाकिएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना सहभागी भएका थिए ।
तीन दिनअघि आइतवार बैठक तय गरिएको भए पनि। बैठकमा देउवा अनुपस्थित भएपछि औपचारिक रूपमा बैठक नबसी स्थगित भएको थियो।
यो पनि :