काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजेलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् । मंगलबार नै बिहान बोलाइएको बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगीत भएको थियो ।
आज राष्ट्रपतिले जारी गरेको अध्यादेशमाथि कडा प्रतिक्रिया जनाउँदै काँग्रेसले बैठकमा प्रतिपक्षी दलको उपस्थिति नहुने जनाएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छन् । ६ सदस्यीय परिषद्को बैठकको गणपुरक संख्या अध्यादेशले घटाएको छ । बिहानको बैठकमा भाग लिन पुगेका भए पनि अध्यादेश जारी भएपछि उत्पन्न परिस्थितिका कारण साँझको बैठकमा देउवा उपस्थित नहुने उनका स्वकीय सचिव भानु देउवाले बताए ।
उनले संसद अधिवेशनका लागि १९ दिन बाँकी रहँदा संसद छलेर अध्यादेश ल्याइनुलाई अराजनीतिक गतिविधि भएको समेत टिप्पणी गरे। 'प्रधानमन्त्रीको राजनीतिक नियतमाथि प्रश्न गर्नुपर्ने भएको छ,' काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।
यो पनि पढ्नुहोस्: