http://bit.ly/bajajdurbartimes

संसद विघटनको सिफारिसपछि सेयर बजारमा तीव्र गिरावट


संसद विघटनको सिफारिसपछि सेयर बजारमा तीव्र गिरावट

काठमाण्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि सेयर बजारमा तीव्र गिरावट आएको छ।

यस दिन बजार खुलेदेखि नै ओरालो लागेको छ। दिउँसो १ः २२ बजेसम्म नेप्से ५२ अंकले घटेर १९७९ अंकमा कायम भएको छ। सो बेलासम्म उत्पादनबाहेकका सबै समूह ओरालो लागेका छन्।

बजार घटिरहँदा हिमालय डिस्टिलरीको मूल्य भने १० प्रतिशतले बढेको छ। माउन्टेन इनर्जीको मूल्य ९ प्रतिशतले घटेको अवस्था छ।

राजनीतिक घटनाक्रमका कारण यस दिन बजारमा प्रभाव परेको हो।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। साथै बैशाखको अन्तिममा मध्यावधि चुनाव गर्न ओलीले प्रस्ताव समेत गरेका छन्।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send