काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
यस समूहको नयाँ बानेश्वरस्थिति संसद् भवनको एक हलमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।
उनलाई सर्वसम्मत रूपमा त्यहाँ उपस्थित सांसदले नेता चयन गरेका हुन् ।