काठमाडौं | भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने छनोट भएका छन् । दिल्ली क्यापिटल्सले सन्दीपलाई यस सिजन रिलिज गरेको थियो ।
अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ । लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) मार्फत ८ नेपाली खेलाडीले अक्सनका लागि नाम दर्ता गराएको थिए ।
अक्सनका लागि क्यानले पठाएको खेलाडीको सूचीमा सन्दीपसंगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा थिए । तर, अक्सनको लागि अन्तिम छनोटमा अन्य खेलाडी पर्न सकेनन् ।
आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना हुनेछ ।