durbar-times

सन्दीपद्वारा कोरोनाविरुद्ध लड्न 'टिम सन्दिप लामिछाने' अभियानको घोषणा गर्दै ३ लाख सहयोग


सन्दीपद्वारा कोरोनाविरुद्ध लड्न 'टिम सन्दिप लामिछाने' अभियानको घोषणा गर्दै ३ लाख सहयोग

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछानेले कोरोना भाईरसविरुद्ध लड्न 'टिम सन्दिप लामिछाने' अभियानको घोषणा गर्दै सहयोग गरेका छन् । उनले ३ लाख सहयोग गरेका हुन् ।

सन्दीपले 'टिम सन्दिप लामिछाने' अभियानबाट आर्थिक संकलन गर्नेछन् ।

सन्दीपले आर्थिक सहयोग संकलनका लागि बैंक खाता समेत खोलेका छन् । सन्दीपको अभियानमा जोडिन दिएको बैंकमा आर्थिक सहयोग जम्मा गर्न सक्नु हुनेछ ।

उनले आफ्नो फेसबुकमा भनेका यसो छन् :

"विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९को सङ्क्रमण र यसबाट मृत्यु हुनेको सङ्ख्या नेपालमा  तीव्र गतिमा बढेसँगै सारा जनता र सिङ्गो देशले भयावह स्थितिको सामना गर्नुपर्ने निकै कठिन एवम् चुनौतीपूर्ण समय आएको छ । सीमित अस्पताल एवम् भएका अस्पतालमा पनि बेड, आइसियु  ,भेन्टिलेटर, अक्सिजन सिलिन्डरको अभावका कारण दिनहुँ सयौँ निर्दोष नेपालीले ज्यान गुमाउनु परेको छ । जताततै त्रास नै त्रास  छाएको छ । करिब ३ करोड जनसङ्ख्या रहेको हाम्रो देश नेपालमा दिनहुँ हजार भन्दा बढी  सङ्क्रमित, एवम् सयभन्दा बढीको मृत्यु  हुनु निकै दुखद् कुरा हो ।  

अनियन्त्रितजस्तै हुँदै गएको यस विषम परिस्थितिमा तपाईं हामी सबैले दृढ आत्मबलका साथ फेरि एकचोटि नेपाल र नेपाली  जनताका निम्ति, हामी सबैका निम्ति , एकजुट भई आपसी सद्भाव र सहकार्यले यस कठिन समयको सामना  गर्नु पर्ने बेला आएको छ । हाम्रो एकता, दृढ आत्मबल, सकारात्मक सोच, आपसी सद्भाव र सहकार्यले कोरोना विरुद्धको यो लडाइँ पक्कै पनि जित्न सक्छौँ ।  तसर्थ यसका निम्ति एकजुट भई आ-आफ्नो तर्फबाट सहयोग गरिदिनुहुन देश विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभ चिन्तकहरूमा हार्दिक अनुरोध गर्दछु । सहयोगका निम्ति आजै मात्र एउटा नयाँ बैंक खाता खोलेको छु र यसमा जम्मा हुने सम्पूर्ण रकम कोभिड सङ्क्रमण रोकथाम ,नियन्त्रण एवम् सङ्क्रमितको उपचारका निम्ति उपलब्ध गराउने   विश्वास दिलाउन चाहन्छु । सङ्कलन गरिएको रकमको सम्पूर्ण अपडेट  'टिम सन्दीप’ ले गर्ने छन् ।

सहयोगबाट प्राप्त रकम स्थानीय निकाय/ प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र / स्थानीय निकायमा आवश्यकता तथा  प्राथमिकताको आधारमा वितरण गरिने जानकारी गराउन चाहन्छौँ ।

Bank Name: Century Commercial Bank Limited

Account Name: Sandeep LamichhaneAccount

Number: 0170000353CABranch: Koteshwor, Kathmandu

Swift Code: CCBNNPKA

यस अभियानको प्रारम्भ गर्दै  'टीम सन्दिप' को तर्फबाट  रु ३,००,००० /-  ( रु तीन लाख) जम्मा गरिएको छ ! धन्यवाद ! टीम सन्दिप

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send