http://bit.ly/bajajdurbartimes

सन्दीप लामिछाने बिग बाश लिग खेल्न आज अस्ट्रेलिया जादैँ


सन्दीप लामिछाने बिग बाश लिग खेल्न आज अस्ट्रेलिया जादैँ

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बाश लिग खेल्न आज अस्ट्रेलियातर्फ लागेका छन् । यस सिजनमा होबार्ट हुरीक्यान्समा आवद्ध भएका सन्दीप आज कतार एयरवेजको विमानबाट अस्ट्रेलिया तर्फ लागेका हुन् ।

गत दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका सन्दीप यस सिजनमा हुरीक्यान्सबाट खेल्ने भएका हुन् । सन्दीप पुस १ गते अस्ट्रेलिया पुग्ने र १४ दिन क्वारेन्टाइनमा बस्ने शिवाकोटीले जानकारी दिएका छन् ।

सन्दीपले क्वारेन्टाइन अवधिमा हुरीक्यान्सका ६ खेल गुमाउने देखिएको छ । सन्दीपले जनवरी २ मा उनको पूर्व क्लब मेलवर्न स्टार्सविरुद्धको खेलमा खेल्न उपलब्ध हुने छन् ।

बिग बास लिगको यस बर्षको सिजन डिसेम्बर १० देखि शुरु भएको छ । जारी बिग बाश लिगमा हुरीक्यान्सले खेलेका दुवै खेल जितेको छ ।

सन्दीप हालै कोरोना संक्रमण भएर उपचारपछि संक्रमण मुक्त भएका थिए । सन्दीप यहि मङ्सिर १७ गते संक्रमण मुक्त भएका थिए ।

यो पनि :

1

पिएसजीका प्रशिक्षकलाई कोरोना भाइरस,अन्य यी खेलाडी पनि संक्रमित

2

अन्ततः डा गोविन्द केसी पनि सडकमा

3

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान

4

५० वर्षको उमेरमा प्रदेश १ का मुख्यमन्त्रीले विवाह गर्दै,कोसँग गर्दै छन् ?

5

आवरणद्वारा दाेलखाको विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा वितरण

6

इन्फ्रास्ट्रक्चरको आइपीओमा आवेदनको बाढी,पहिलो दिन कति पर्यो आवेदन?


Share Tweet Send