नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।
सन्दीपले सामाजिक संजालमा एक पोस्ट गर्दै आफु कोरोना भाईरसको संक्रमणबाट मुक्त भएको बताएका छन् । सन्दीप १० दिनको सेल्फ आईसोलेनपछि कोरोना मुक्त भएका हुन् ।
सन्दीपले बुधबार आफुलाई कोरोनाको संक्रमण देखिएको बताएका थिए । यस्तै सन्दीप आइतबार हेम्स अस्पताल भर्ना भएका थिए । बिग बास क्रिकेट लिगका अष्ट्रेलिया जाने तयारीमा रहेका सन्दीप चाँडो निको हुनलाई अस्पताल भर्ना भएको हुन्।
सन्दीप बिग बास खेल्न डिसेम्बर १५ मा त्यसतर्फ जाने तयारीमा छन् । यसपटक सन्दीप होबार्ट हुरिकेन्सबाट बिग बास खेल्ने छन् ।
Thank You Everyone.🙏 pic.twitter.com/81E8alfX8s
— Sandeep Lamichhane (@Sandeep25) December 2, 2020
यो पनि पढ्नुहोस्:
सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि
एकदिवसीयमा कोहलीको कीर्तिमान: तेन्दुलकरको नाममा रहेको कीर्तिमान भङ्ग