durbar-times

सन्दीपले पाकिस्तान सुपर लिग खेल्ने


सन्दीपले पाकिस्तान सुपर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् । सन्दीप पुरानै टोली लाहोर कलन्दर्सबाट प्रतियोगिताको बाँकी खेल खेल्न शनिबार पाकिस्तान प्रस्थान गर्न लागेका हुन् ।

सन्दीपको व्यवस्थापन सम्हाल्दै आएका रमण शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपको सम्झौता पक्का भएको थियो । लाहोरका स्पिनर राशिद खान अन्तर्राष्ट्रिय ड्युटीमा अफगानिस्तान जानु परेपछि लाहोरले सन्दीपलाई भित्र्याएको हो । सन्दीप शनिबार कतार एअरवेजमार्फत दोहा हुँदै प्रतियोगिता स्थल कराँची पुग्नेछन् ।

यसअघि सन्दीपले पिएसएल ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम क्याटगोरीमा थिए । ड्राफ्टमा नेपालबाट सन्दीपसहित पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख सहभागी थिए ।

लाहोर कलन्दर्सले जारी प्रतियोगितामा ३ खेल खेल्दै २ जित र १ हारको नतिजासहित अंक तालिकामा तेस्रो स्थानमा छ । लाहोरले आइतबार कराची किंग्ससँग खेल्दैछ । सन्दीपले कहिलेदेखि खेल्ने भन्नेबारे प्रष्ट भएको छैन ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send