सानिमा जनरल इन्सुरेन्सको आइपीओ १० कित्ताका दरले बाँडफाँट


सानिमा जनरल इन्सुरेन्सको आइपीओ १० कित्ताका दरले बाँडफाँट

काठमाडौं : सानिमा जनरल इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलको कार्यालय बबरमहल काठमाडौंमा बिहान ८.३० बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । जसमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९० हजार ५४५ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् । यसमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकामा ३ हजार ३६० जना आवेदकको आवेदन रद्ध भएको छ ।

परिवारकाे डिम्याट खातामा भएकाे शेयर आफ्नाेमा कसरी ट्रान्सफर गर्ने ?
नेपालमा शेयर बजारमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दाे छ । पछिल्लाे समय शेयरमा आवेदन भर्नेहरूकाे संख्या दिनानुदिन बढ्दै गएकाे छ । आफ्ना परिवारका सदस्यहरूकाे नाममा डिम्याट खाता खाेल्ने र सबैकाे नाममा शेयर आवेदन गर्ने क्रम पनि बढेकाे छ। परिवारकाे नाममा शेयर त आउँछ तर किनबेच गर्नका लागि भने सबैकाे ब्राेक…
सानिमा जनरल इन्स्योरेन्सको रिजल्ट सार्वजनिक (हेर्ने बिभिन्न तरिका)
दरबार टाईम्समा तपाईंलाई स्वागत छ यहाँ रिजल्ट हेर्ने विभिन्न सहज तरिका सिकाएका छौं। मेरोसेयरबाट हेर्ने सुबिधा उपलब्ध छ। यो तरिका प्रयोग गर्नुहोस् : * मेरो सेयर लगिन गर्नुहोस् * माइ ASBA मा जानुहोस् * एप्लिकेसन रिपोर्ट्मा जानुहोस् * सानीमा जनरल इन्सुरेन्सको रिपोर्ट हेर्नुहोस् * तल स्टाटस्मा एल…

कम्पनीले असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४% अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको थियो । त्यस्तै, ५% अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको थियो । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

ब्राेकर अकाउन्ट परिवर्तन गर्ने तरिका
पछिल्लाे समय नेपालि शेयर बजारमा लगानीकर्ताहरू ब्राेकरकाे रबैयाबाट पिडित भैरहेकाे गुनासाहरू सुन्न पाइन्छ । ब्राेकरले काराेबार गरेकाे रकम समयमै उपलब्ध नगराइदिने र कस्टुमर केयरसमेत नगर्ने गरेकाे कतिपय ग्राहकहरूकाे गुनासाे रहेकाे छ । यसै सन्दर्भमा हामीले नेपालमा आफूले काराेबार गरिरहेकाे ब्राेकर आफूलाइ च…

यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था अर्थात् औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...