नेपाली संस्कृत-शब्दकोशः सार्वजनिक


नेपाली संस्कृत-शब्दकोशः सार्वजनिक

संस्कृत भाषा विश्वको सर्वप्राचीन भाषा हो । यो दक्षिण एसियाका धेरै भाषाहरूको जननी भाषा पनि हो । दक्षिण एसियाबाहेक पनि संस्कृत भाषाको प्रभाव अन्य सयौँ भाषाहरूमा पाइन्छ । त्यसैले यस भाषाको महत्त्व गरिमापूर्ण छ । नेपाली भाषाको जननी भाषा संस्कृत भाषा हो । नेपाली भाषाका करीब ७०% भन्दा बढी शब्दहरू संस्कृतका नै छन् । अतः नेपालीभाषालाई माध्यम बनाएर सजिलोसंग संस्कृत सिक्न सकिन्छ ।  

भाषा सिक्ने सजिलो माध्यम शब्दकोश पनि हो । शब्दकोशको माध्यमले कठिनभन्दा कठिन शब्दहरूको सजिलै अर्थबोध गर्न सकिन्छ । संस्कृतका शब्दहरूका ज्ञानका लागि अहिलेको परिवर्तित सन्दर्भमा संस्कृत-नेपाली शब्दकोश अपरिहार्य विषय हो । अहिले हरेक व्यक्ति विद्युतीय यन्त्रले युक्त छ । परिवर्तित विश्वको वर्तमान परिवेशमा एउटा भरपर्दो विद्युतीय शब्दकोशको आवश्यकता खड्किएको थियो । त्यस आवश्यकता परिपूर्तिका लागि प्रयासस्वरूप यो ‘संस्कृत-शब्दकोशः’ (App) निर्माण गरिएको छ।

यो एप्सको आधारभूमि नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित पं. फणीन्द्रप्रसाद पाण्डेयद्वारा सङ्कलित बृहत् संस्कृत-नेपाली शब्दकोश एवं विद्वच्छिरोमणि पं. कुलचन्द्र गौतमको संस्कृत-नेपाली शब्दकोश हो । साथै शब्दसङ्कलन र सम्पादनको क्रममा अन्य विभिन्न कोशहरूलाई आधार बनाइएको छ । नेपाली भाषा सम्पादनमा विशेष गरी प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘बृहद् नेपाली शब्दकोश २०४०’ को दशौँ संस्करणलाई आधार बनाइएको छ । यथासम्भव संस्कृतका सम्पूर्ण धातुहरूको पनि संकलन गरी त्यसको पद, गण कर्म आदिसहित नेपालीमा अर्थ दिइएको छ । साथै धातुहरूको कृदन्त रूप ‘कृदन्तरूपमाला’–(रामसुब्रह्मण्यशास्त्री) पनि दिइएको छ । सम्भव भएसम्म शब्दहरूको निष्पत्ति, व्युत्पत्ति आदि पनि दिने प्रयास गरिएको छ । यस कोशको निर्माणबाट संस्कृत अध्ययनका लागि थोरैमात्र पनि उपकार भएमा यो कार्य सफल हुनेछ ।

एप डाउन्लोड गर्नुहोस्

संस्कृत-शब्दकोशः | Nepali Hindi English Dictionary - Apps on Google Play
Sanskrit Nepali Dictionary संस्कृत भाषा विश्वको सर्वप्राचीन भाषा हो । यो दक्षिण एसियाका धेरै भाषाहरूको जननी भाषा पनि हो । दक्षिण एसियाबाहेक पनि संस्कृत भाषाको प्रभाव अन्य सयौँ भाषाहरूमा पाइन्छ । त्यसैले यस भाषाको महत्त्व गरिमापूर्ण छ । नेपाली भाषाको जननी भाषा संस्कृत भाषा हो । नेपाली भाषाका करीब ७०…
संस्कृत-शब्दकोशः App

के.एन. स्वामी भन्छन्, "अहिले यो पहिलो भर्जन रिलिज हो । यसमा केही अन्ड्रोइड फोनहरुमा समस्या देखिएका छन् । जस्तै एन्ड्रोइड 9 भर्जनमा काम गरिरहेको छैन । त्यसैगरी केही कोडमा समस्या देखाएको छ । त्यसमा मूल्याङ्कल गरि रहेका छौँ । चाँडै दोस्रो भर्जनमा सुधार हुने छ ।"

विज्ञान-प्रविधिमा अन्य सामाग्री

खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक
काठमान्डौ | यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ प्राप्त गरेको न…
चीनले परिक्षण गर्‍यो सुसाइड ड्रोन, यसरी गर्छ आक्रमण (भिडियो सहित)
हालै निर्माण गरिएको यस सुसाइड ड्रोन झुण्डमा प्रयोग गरिनेछ जसका कारण दुश्मनलाई आक्रमण गर्न परास्त गर्न सहज हुने बताइएको छ। ड्रोनमा क्यामेरा जडान गरिएको छ त्यसकारण यसले लक्षित दिशामा पुगेर आत्मघाती आक्रमण गर्नसक्छ। यस सुसाइड ड्रोन चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेसनले विकास गरेको हो। हाल…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...