durbar-times

सारथी नेपाल लघुवित्तको लाभांश पारित हुँदै, कहिले र कति हुँदै छ ?


सारथी नेपाल लघुवित्तको लाभांश पारित हुँदै, कहिले र कति हुँदै छ ?

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल ८ दशमलव ५६ प्रतिशत लाभांश शुक्रवार पारित हुँदैछ ।

कम्पनीले यस वर्ष ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको  हो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले शुक्रवार १२ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । होटल अरनिको धुलिखेल, काभ्रेमा विहान ११ बजे सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्दै प्रस्तावित लाभांश पनि पारित गर्न लागेको हो ।नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया सम्पन्न गरेको यस कम्पनीले नयाँ नेपाल लघुवित्तको गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो ।

मर्जर पश्चात हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड ५३ लाख ८६ हजार रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि एफपीओ जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । एफपीओ र बोनस शेयरपश्चात कम्पनीको पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली शंसोधनसमेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि चैत १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send