सरकारले भन्यो, 'गाउँ नजाउँ-दसैँको आशिष अर्काे वर्षका लागि बचाऔँ’


सरकारले भन्यो, 'गाउँ नजाउँ-दसैँको आशिष अर्काे वर्षका लागि बचाऔँ’

सरकारले नजिकिँदै गरेको नेपालीहरूको महान् चाड दसैँमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेको छ साथै दसैँमा लिइने आशीर्वाद अर्काे वर्षका लागि साँचेर राख्न पनि आग्रह गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अरु जिल्लामा कोरोना संक्रमण नियन्त्रणको अवस्थामा रहेपनि काठमाडौँमा संक्रमण रोकथाम उन्मुख नभएकोले उच्च जोखिमको अवस्थामा रहेको र  उपत्यका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरे ।

प्रवक्ता ज्ञवालीले ४० लाख जनसंख्या बसोवास गर्ने उपत्यकामा कोरोनाको फैलावट अनियन्त्रित भएमा अति नै कठिन अवस्था आउनेप्रति सबैले संवेदनशील भएर बुझिदिन आग्रह गरे ।

उनले भने–‘काठमाडौं अझै उच्च जोखिममा छ, चाडपर्व आउँदैछ । हामी स्वस्थ रह्यौँ भने फेरि दसैँ मनाउन सक्छौँ । यतिबेला सबैभन्दा उच्च जोखिममा जेष्ठ नागरिक रहेकोले दसैँ मनाउँदा जेष्ठ नागरिकलाई जोगाउनुपर्नेछ । काठमाडौंबाट गाउँ जाँदा आउँदा संक्रमण पनि सँगै जाने गर्छ ।'

त्यसैले उनले यसपालिको दशैंमा अभिभावकसँग टाढैबाट आशिर्वाद लिन पनि अनुरोध गरे।

‘सिसिएमसीले  ‘आशिर्वाद जोगा‌औं’ भन्ने नारा नै बनाएको छ। हामीले यसपालि अभिभावक जोगायौं भने फेरि-फेरि उहाँहरूबाट आशिर्वाद लिन पाउँछौं,’ मन्त्री ज्ञवालीले भने।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...