सस्तोडिलको एप एन्ड्रोइड र आइफोन दुबैमा उपलब्ध


सस्तोडिलको एप एन्ड्रोइड र आइफोन दुबैमा उपलब्ध

पछिल्लो केही समयदेखी ई-कमर्स क्षेत्र नेपालमा उत्कृष्ट बन्दै गइरहेको छ। यस क्षेत्रमा सस्तोडील एक नामी ब्रान्ड बन्न सफल भएको छ।

२०१६ मा नै मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएपनि पछिल्लो केही समय भने सस्तोडीलको एप सुबिधा बन्द भएको थियाे । भर्खरै मात्र सस्तोडीलले मोबाइल एपहरूलाई  एण्ड्राेइड  र आइफोन(IOS) दुवै माेडलमा उपलब्ध गराएको छ। एप उपलब्ध गराएसँगै सस्तोडीलले उपहार स्वरुप क्यासब्याक र स्मार्टफोन सम्म जित्न सकिने घोषणा गरेको छ।

नेपालमा केही समय यता अनलाइन शपिंगकाे मार्केट समेत फस्टाएको छ।  कोरोना माहामारीका कारणले पनि मानिसहरुले याे प्रकृतिकाे शपिंगकाे बारेमा अझ बुझ्ने माैका पाएका छन्। यो माहामारीमा नेपालीहरुले ई-कमर्स व्यवसायको वास्तविक महत्त्व महसुस गरेका छन्। तर,  यसको महत्व राम्रोसँग बुज्न र प्रयोगमा अभ्यस्त हुन भने अझ बाँकी छ। ई-कमर्स व्यवसायकाे भविष्य समुज्वल छ किनभने  मानिसहरू इन्टरनेटकाे प्रयाेगमा दक्षता हासिल गर्न चाहन्छन् र ई-कमर्स इन्टरनेटमा आधारित छ ।

ई-कमर्सकाे बढ्दो प्रयोगसँगै मानिसहरु आफ्नो मोवाईलबाटै किनबेच गर्न रुचाउँछ्न तर पछिल्लो केही समय सस्तोडील एप नभएपछि ग्राहक हरु गुगलमा गएर सामान खोज्न भने रुचाउँदैन थिए। तर अहिले भने ग्राहकहरुले आफूलाई मन पर्ने सामानहरु मोवाईलबाटै सजिलै किन्न सक्छन्।

सस्तोडीलले मुख्यतया नेपाली ब्रान्डहरुलाई बढी प्राथमिकता दिने गर्दछ । सस्तोडीलले साम्सङ,एम आइ, साओमीजस्ता कम्पनीका मोबाइल नेपाली बजारमा उपलब्ध गराउने गरेको छ।  फेसनका सर सामान , कसरतका सामान, घर-भान्छाका सामानहरु पनि सस्तोडीलमा उपलब्ध छन्।  विदेशी सामानहरू नेपालमा ल्याउने हालैमात्र सस्तोडीलले फ्लिपकार्ट र मिन्त्रासंग सहकार्य गरेकाे छ। साओमीका फोनहरू बुक गरेको दोस्रो दिनमै सित्तैमा घरमा पुर्याउने सुबिधासमेत सस्तोडीलले उपलब्ध गराएको छ।          


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...