काठमाण्डौ | राष्ट्र बैठकले शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ । दोसो त्रैमासको अन्तिम दिन भएकाले शनिबार राजश्व संकलनका लागि बैंकका काउन्टर खुला राख्न भनेको हो ।
भोलि शनिबार पनि बैंकका शाखा, काउन्टर तथा क्लियरिङ हाउस लिमिटेड खुल्ने भएको छ ।
उक्त दिन पूर्णकालिन रुपमा कारोबार सञ्चालन गरी राजस्व बुझ्ने व्यवस्था गर्न समेत राष्ट्र बैंकले सूचित गरेको छ ।
सबै बैंक नखुले पनि हरेक राजश्व असुली गर्ने बैंक खुल्नेछन् । राजश्व असुली नगर्ने बैंकलेसमेत क्लियरिङ युनिट भने खुला राख्नेछन् ।
केही बैंकहरुले भने सूचना निकालेरै शनिबार बैंक खुला हुने जानकारी गराएका छन् । राष्ट्र बैंकले नियमित कामका लागि नभएर राजश्व संकलनका लागि बैंक काउन्टर शनिबार पनि खुला राख्न भनेको हो ।