सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु


सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

महोत्तरीमा सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बर्दिबास नगरपालिका–६ किसानगरमा उक्त दुर्घटना हुँदा प्रमोद राम र नेपाली सेनाका सिपाही देव बहादुर खपाङ्गीकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईले बताए।शनिबार साँझ बर्दिवास–६ किसानगरमा विपरित दिशाबाट आइरहेको पिकअप भ्यान र मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि धनुषास्थित लालगढ मोडेल अस्पताल पठाइएको थियो।

त्यहाँ प्राथमिक उपचार गरी थप उपचारका लागि प्रमोदलाई धरान र देवबहादुरलाई काठमाडौं रिफर गरिएको थियो । प्रमोदको धरानमा र देवबहादुरको बाटोमै मृत्यु भएको डिएसपी चापागाईले बताए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...