संवैधानिक आयोगमा नियुक्ति गरेको बिरोधमा आमहड्ताल घोषणा गरेपछि ठप्प काठमाडौं बिच प्रचण्ड भने बा १७ च ३०७१ नम्बरको प्राडो चढेर अनुगमनमा निस्केका थिए।
अचानक ‘एमसीसी चाहिदैन’ भन्ने नारा लगाएपछि प्रचण्डले आफ्नो आवाज रोके र नारा लगाउनेलाई सो नारा नलगाउन ईशारा गरे । तर, पनि नारा लागिरहयो, त्यसपछि अध्यक्ष प्रचण्डले भुसाललाई ईशारा गरेर सो नारा नलगाउन आग्रह गरे ।
लगत्तै, भुसालले पनि नारा लगाउनेलाई सो नारा नलगाउन आदेश दिएपछि फेरि ‘आमहडताल सफल पारौं–सफल पारौं’ भन्ने नारा लगाईएको थियो । त्यसपछि प्रचण्ड आफ्नो सेतो प्राडोमा चढेर आमहड्तालस्थलवाट बाहिरिएका थिए ।