durbar-times

विद्यालय बन्द नगर्न प्याब्सनको आग्रह


विद्यालय बन्द नगर्न प्याब्सनको आग्रह

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले विद्यालय बन्द नगर्न आग्रह गरेको छ।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै प्याब्सनले स्वास्थ्य मन्त्रालयले प्रमुख सहरहरुमा विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

‘मुलुकभर कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरीअत्यन्त आवश्यक भए सम्बन्धित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्रै केही निश्चित समयका लागि मात्रै प्रतिबन्धनात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानिका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सिर्जना गरिदिनुहुन नेपाल सरकार समक्ष माग गर्दछौँ’, प्याप्सनका अध्यक्ष टिकाराम पुरी र महासचिव कुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘आवश्यकताअनुसार शैक्षिक संस्थाहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेसन कक्ष, भौतिक दूरीको व्यवस्थापन गरी सम्बन्धित निकायको सहयोग र समन्वयमा काम गर्नु उपयुक्त हुन्छ’, विज्ञप्तिमा भनिएको छ

त्यस्तै प्याब्सनले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई खोपको व्यवस्था गर्न समेत माग गरेको छ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send