५१ वर्षपछि अमरकोशकाे दोस्रो संस्करण


५१ वर्षपछि अमरकोशकाे दोस्रो संस्करण


नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ऐतिहासिक महत्त्वको अमरग्रन्थ ‘अमरकोशः’को  दोस्रो संस्करण प्रकाशित भएको छ । विद्वद्वरामरसिंहविररचितः  ‘अमरकोशः’ प्रथम संस्करण प्रकाशित भएकोे ५१ वर्षपछि दोस्रो संस्करण प्रकाशित भएको हो । उक्त ग्रन्थको प्रथम संस्करण बालकृष्ण सम उपकुलपति भएका बेला २०२६ सालमा प्रकाशित भएको थियो ।

प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापनाकालदेखि प्रकाशित भएका महत्त्वपूर्ण ग्रन्थहरू आवश्यकता र औचित्यका आधार पुनः प्रकाशन गर्दै जाने नीतिअनुसार पं. कुलचन्द्र शर्मा गौतम टीकाकार रहेको ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशनमा ल्याइएको हो । यसबाट भाषा र कोशविज्ञानका अनुसन्धाताका साथै अन्य विषयका अध्येताहरूसमेत लाभान्वित हुने प्रज्ञा–प्रतिष्ठानको विश्वास रहेको प्रज्ञा प्रतिष्ठानले जनाएकाे छ।

जम्मा ६८८ पृष्ठको ‘अमरकोशः’को मूल्य ७८० रुपैयाँ रहेको छ । उक्त ग्रन्थ प्रज्ञा भवन, कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष र मकालु प्रकाशन गृहको आधिकारिक वितरणमा मुलुकका सात ओटै प्रदेशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...