कोरोना माहामारीका कारण शैक्षिक क्षेत्रमा परेको असरले गर्दा यस वर्षको एसईई परीक्षा सरेको छ । हरेक वर्ष चैत्रमा हुने एसईई परीक्षा यस वर्ष कोरोनाका कारण जेठमा हुने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी १३ जेठदेखि २४ जेठसम्म हुने भएको छ ।