https://ntc.net.np/

संसद विघटन: सेनाको पीएसओ बैठकमा सुरु भयो छलफल


संसद विघटन: सेनाको पीएसओ बैठकमा सुरु भयो छलफल

काठमाडौँ | नेपाली सेनाका मुख्य सैनिक अधिकृत (पीएसओ) बिच समसामयिक परिस्थिति र त्यसले निम्तिन सक्ने सुरक्षा अवस्थाबारे छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष बुझाएपछिको सुरक्षा अवस्थाबारे विश्लेषण गर्न बैठक बसेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले पीएसओको बैठक असामान्य नरहेको बताएका छन् । उनले भने, ‘पीएसओको बैठक नियमित रुपमा बस्ने गर्छ, यो असामान्य होइन । बैठकमा समसामयिक परिस्थितिबारे पनि छलफल हुनु सामान्य हो ।’

उनले बैठकमा समसामयिक अवस्था र त्यसको सुरक्षा जोखिमबारे विश्लेषणात्मक छलफल भएको संकेत गरे । पीएसओ बैठक र अहिले देशमा विकास भएको राजनीतिक परिवेश संयोग मात्रै रहेको सैनिक प्रवक्ता पौडेलले बताए ।

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send