महत्वपूर्ण तीन खेल अघि रियल मड्रिड संकटमा


महत्वपूर्ण तीन खेल अघि रियल मड्रिड संकटमा

स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले महत्वपूर्ण तीन खेल गुमाउने भएका छन्। दाहिने खुट्टामा (तिघ्रा) लागेको चोटका कारण उनले ला लिगामा भिलारियल र अलाभेस साथै च्याम्पियन्स लिगमा इन्टर मिलानसँगको खेल गुमाउने भएका हुन्।

रियल मड्रिडले भिलारियलसँग शनिबार राति ९ बजे खेल्दैछ भने आउने बिहीबार च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा इन्टर मिलानसँग खेल्दैछ। त्यसको तीन दिन पछि नै ला लिगामा अलाभेससँग खेल रहेको छ। डिफेन्डर रामोसले डिसेम्बर १ मा हुने च्याम्पियन्स लिग अन्तर्गत शख्तर डोनेस्कसँगको खेल भने खेल्न सक्ने अनुमान गरिएको छ।

रियलले ३४ वर्षीय रामोस १ डिसेम्वरमा साख्तर डोनेक्सविरुद्धको खेलमा फर्कने सक्ने विश्वास लिएको छ । रामोस नहुँदा रियलले पछिल्लो ८ मध्ये ७ खेल गुमाइसकेको छ । रामोसको अनुपस्थितिमा रियलले २०१८–१९ को सिजनमा घरेलु मैदानमा आयाक्ससँग ४–१ को हार बेहोरेको थियो । गत सिजन म्यानचेस्टर सिटीसँग २–१ ले तथा यसे सिजन गत महिना साख्तर डोनेक्ससँग ३–२ ल पराजित भएको थियो ।

रियलले क्रिसमसअघि भिल्लारियल, इन्टर मिलान, एलाभेस, साख्तर डोनेस्क, सेभिया, बोरुसिया मोन्चेनग्लाडवाक र एट्लेटिको म्याड्रिडजस्ता बलियो टोलीसँग खेल्दैछ । रामोसको अनुपस्थितिमा रियललाई समस्या हुन सक्नेछ ।

यो पनि पढ्नुस: बार्सिलोनाको असफलतामा लियोनल मेसी दोषी


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...