https://ntc.net.np/

साताको पहिलो दिन शेयर बजारमा ऐतिहासिक उचाई, काराेबारमा उछाल


साताको पहिलो दिन शेयर बजारमा ऐतिहासिक उचाई, काराेबारमा उछाल

साताको पहिलो दिन आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भई नयाँ उचाई कायम गरेको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.२४ अंकले बढ्दै २२३५.७२ विन्दुमा पुगेको छ ।  शेयर बजार परिसूचक हालसम्मकै सबैभन्दा ठूलो उचाइमा पुगेको हो । यस दिन कारोबार पनि ६ अर्बभन्दा माथि भएको छ ।

कूल २ सय ७ कम्पनीको १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता शेयर ६  अर्ब ३२ करोड ६६ लाख ६८ हजार ८ सय ६ रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।

यस दिन जीवन बीमा उपसमूहको सूचक मात्रै घटेको छ । कूल १२ उपसमूहमध्येमा बाँकी ११ वटै उपसमूहको सूचक बढेको छ ।

आइतवार प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाएका छन् ।

सबैभन्दा धेरै गुमाउनेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । उनीहरूले ४.३१ प्रतिशत गुमाएका छन् ।

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send