Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

सेयर कारोबारमा नयाँ रेकर्ड बन्दा परिसूचक भने घट्यो


सेयर कारोबारमा नयाँ रेकर्ड बन्दा परिसूचक भने घट्यो

काठमाण्डौ | बिहीबार सेयर बजारको परिसूचक नेप्से १६ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २४२५ अंकमा कायम भएको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.३२ अंकले घटेर ४४२.०६मा पुगेको छ।

यस दिन परिसूचक घटे पनि कारोबार रकममा भने नयाँ रेकर्ड बनेको छ।

कुल ९ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जुन रकम अहिलेसम्मकै उच्च हो। यसअघि एकैदिन ९ अर्ब ३७ करोड रुपैयाँसम्मको कारोबार भएको थियो।

यस दिन बैंकिङ ४१, ब्यापार ४, होटल २५, विकास बैंक ४३, जलविद्युत २२, फाइनान्स १८, अन्य ११ र जीवन बीमा समूह ४२ अंकले घटेको छ।

1

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

2

निफ्राको शेयर कारोबार ९० करोड रुपैयाँ

3

१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

4

बियरिस ट्रेन्डमा नेप्से, लगानीकर्ता भन्छन् सामान्य करेक्सन हाे

5

राजेन्द्र महतोको प्रचण्ड–नेपाललाई प्रश्न: तपाईंहरुको कुन पार्टी हो ?

6

अब अनलाइन मिडियाबाट आइपीओ परे नपरेको रिजल्ट हेर्न नपाउने


Share Tweet Send