शेयर बजारमा प्रवेश गर्न चाहने तर शेयर बजारकाे ज्ञान नभएर प्रवेश गर्न अनकनाउनेहरू प्रशस्तै छन् । हातमा पैसा भएर पनि लगानी गर्न नसकिरहेकाहरूलाइ नेपाली पैसा नामक अनलाइन न्यूज पाेर्टलले आधारभूत तालिम दिने भएकाे छ ।
शेयर बजारका आधारभूत ज्ञान र सीप प्रवर्द्धन गर्ने हेतुले नेपाली पैसा डट कमले शेयर बजारमा चासाे राख्ने तथा लगानी गरिरहेका हरूलाइ शेयर बजार तालिम दिने भएकाे हाे ।

यस तालिममा सेयर बजारमा जान्नैपर्ने आधारभूत ज्ञानहरु सिकाइने नेपाली पैसाले जनाएकाे छ ।
तालिम यही मंसिर १३ गते शनिबारदेखि १५ गते सोमबारसम्म सञ्चालन हुनेछ । साँझ ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने यस तालिममा अनलाइनका माध्यमबाट घरमै बसेर सजिलै सहभागी हुन सकिनेछ ।
याे पनि ब्राेकर अकाउन्ट परिवर्तन गर्ने तरिका
परिवारका सदस्यकाे मेराे शेयर अकाउन्ट लिंक गर्ने तरिका
तालिमका बारेमा विस्तृत जानकारीका लागि ९८५८०२२९८२ वा ९८०३०६७८६२ कल गर्न सकिन्छ । तालिमका प्रशिक्षक डा. केशवप्रसाद श्रेष्ठ हुनुहुन्छ ।