Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

परिवारकाे डिम्याट खातामा भएकाे शेयर आफ्नाेमा कसरी ट्रान्सफर गर्ने ?


परिवारकाे डिम्याट खातामा भएकाे शेयर आफ्नाेमा कसरी ट्रान्सफर गर्ने ?

नेपालमा शेयर बजारमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दाे  छ । पछिल्लाे समय शेयरमा आवेदन भर्नेहरूकाे संख्या दिनानुदिन बढ्दै गएकाे छ । आफ्ना परिवारका सदस्यहरूकाे नाममा डिम्याट खाता खाेल्ने  र सबैकाे नाममा शेयर आवेदन गर्ने क्रम पनि बढेकाे छ। परिवारकाे नाममा शेयर त आउँछ तर किनबेच गर्नका लागि भने सबैकाे ब्राेकर अकाउन्ट खाेल्न सम्भव हुँदैन ।त्यसैले परिवारकाे नाममा रहेकाे शेयर कसरी एउटै अकाउन्टबाट किनबेच गर्न सकिन्छ भनेर ग्राहकहरू अलमलमा परेकाे देखिन्छ ।

प्रभुलाइफ इन्सुरेन्सको IPO रिजल्ट दरबार टाईम्समा हेर्नुहोस्
प्रभुलाइफ इन्सुरेन्सकाे आइपिओ रिजल्ट भर्खरै सार्वजनिक भएकाे छ । हेर्ने गर्ने तरिका * कृपया तल दिएको लिन्कमा जानुहोला * त्यसपछी आफ्नो BOID_NO लेख्नुहोला * Search मा थिच्नुहोला! IPO Result यहाँ हेर्नुहोस्प्रभुलाइफ इन्सुरेन्सको IPO रिजल्ट दरबार टाईम्समा हेर्नुहोस् SearchDurbar TimesDurbar Times […

त्यस्तै नेपालमा हाल एक व्यक्तिकाे दुइवटासम्म डिम्याट अकाउन्ट प्रयाेग गर्न सकिन्छ तर काराेबार भने एउटा अकाउन्टबाट मात्र गर्न सकिन्छ । त्यसका लागि दुवै अकाउन्टमा भएका शेयरहरूलाइ एउटामा राखेर काराेबार गर्नुपर्ने हुन्छ ।

यी दुवै प्रकृतिका शेयर ट्रान्सफर गर्ने तरिकाकाे बारेमा याे लेख तयार पारिएकाे छ ।

एकै व्यक्तिकाे एउटा डिम्याटबाट अर्काे डिम्याट अकाउन्टमा ट्रान्सफर गर्ने तरिका

पहिलाे क्यापिटल (जहाँबाट शेयर ट्रान्सफर गर्ने)मा लिएर जानुपर्ने कागजातहरू

  • नागरिकता
  • क्यापिटलमा गएर BO to BO form मागेर भर्ने अनि भेरिफाइ गर्ने
  • ट्रेड आइडि लिने (प्रति कम्पनीकाे रू २५ पर्छ)
  • डिम्याट खाता स्वीकृति पत्र  (Demat account acknowledgement Letter) लिने र भेरिफाइ गर्ने

यो पनि: ब्राेकर अकाउन्ट परिवर्तन गर्ने तरिका

दाेश्राे क्यापिटल (जहाँ शेयर ट्रान्सफर गर्ने)मा लिएर जानुपर्ने कागजातहरू

  • नागरिकता
  • BO to BO form मागरे भर्ने अनि भेरिफाइ गर्ने
  • डिम्याट खाता स्वीकृति पत्र (Demat account acknowledgement Letter) लिने र भेरिफाइ गर्ने

दुवै क्यापिटलमा फारमहरू भरेर भेरिफाइ भएपछि ती फारमहरू लिएर CDSC मा जाने ।

  • दुवै क्यापिटलमा भरेर भेरिफाइ गरेकाे BO to BO form बुझाउने
  • डिम्याट अकाउन्ट स्वीकृति पत्र  बुझाउने
  • प्रति कम्पनी रू १०० का दरले फि बुझाउने र पहिलाे क्यापिटलमा तिरेकाे पैसाकाे बिल पनि पेस गर्ने
  • नागरिकता लिएर जाने

माथी उल्लेखित काम सबै एकैदिनमा गरिसक्नुपर्छ । नत्र पहिलाे क्यापिटलमा लिएकाे ट्रेड आइडिकाे समय सकिन्छ र फेरि आइडि लिनुपर्ने हुन्छ ।

यो पनि: परिवारकाे मेराे शेयर अकाउन्ट कसरी लिन्क गर्ने? के के गर्न सकिन्छ लिन्क अकाउन्टबाट ?

परिवारकाे डिम्याट अकाउन्टमा रहेकाे शेयर आफनाे डिम्याट अकाउन्टमा ट्रान्सफर गर्ने तरिका

  • जसकाे अकाउन्टबाट शेयर ट्रान्सफर गर्ने हाे उसकाे अनुमति हुनुपर्ने
  • दुवैजना आफ्नाे आफ्नाे नागरिकता लिएर क्यापिटलमा जाने
  • क्यापिटलमा गएर BO to BO form मागेर भर्ने अनि भेरिफाइ गर्ने
  • ट्रेड आइडि लिने (प्रति कम्पनीकाे रू २५ पर्छ)
  • डिम्याट खाता स्वीकृति पत्र  (Demat account acknowledgement Letter) लिने र भेरिफाइ गर्ने
  • दुवैजनाले क्यापिटललाइ निवेदन लख्नुपर्छ। ( लिने र दिने दुइ प्रकृतिकाे )
  • तीनपुस्ते नाता खुल्ने कागजात लिएर जानुपर्छ जसले प्रमाणित गर्न सकाेस कि तपाइँ पारिवारिक शेयर एकत्रित गर्दै हुनुहुन्छ ।
  • दुइजनाबीचकाे नाता प्रमाणित गर्ने कागजात
  • क्यापिटलमा भरेर भेरिफाइ भएका कागजातहरू लिएर सिडिएससि जाने र बाँकि प्रकृया पुरा गर्ने
  • दुवैजना क्यापिटल र सिडिएससि सँगसँगै जानुपर्छ ।

यसरी तपाइँकाे परिवारकाे नाममा भएकाे शेयर तपाइँकाे अकाउन्टमा ट्रान्सफर गर्न सकिन्छ र किनबेच गर्न सकिन्छ ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send