Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसदले हस्ताक्षर फिर्ता गर्ने


मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसदले हस्ताक्षर फिर्ता गर्ने

विराटनगर | प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबाट ३ जना प्रदेशसभा सदस्य (सांसद)ले हस्ताक्षर फिर्ता लिने भएका छन् ।

संघीय संसदको प्रतिनिधि सभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ३७ जना प्रदेश सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

तर, प्रदेश सभाको हिउँदे अधिवेशन नजिकिँदै गर्दा थप ३ जनाले अभिवश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेका हुन् ।

प्रदेशसभा सदस्यहरु जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताबाट हस्ताक्षर फिर्ता लिने तयारीमा लागेका हुन् । यसअघि उदयपुरकी सांसद कला घले र मोरङकी सांसद बसन्तीदेवी यादवले राईविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

सत्तारुढ नेकपा विभाजित भएपछि अल्पमतमा परेका मुख्यमन्त्री राई अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुले हस्ताक्षर लिने क्रम बढेपछि बलियो बन्दै गएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल पक्षले राईलाई प्रदेशसभा संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई चयन गरिसकेको छ ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send