केहिदिनयता नेपाली शेयर बजारमा लगानीकर्ताहरूकाे राैनक देखिन थालेकाे छ । नेप्से दैनिक रूपमा उकालाे लाग्ने क्रम जारी रहेकाे छ ।
लगातार बढिरहेकाे नेप्से सूचक मंगलबार २८.३१ अंकले बढेर २२६७.७३ विन्दुमा आइपुगेको छ । २०२ कम्पनीको ४ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ३५ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ट्रेडिङबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।
जीवन र निर्जीवन बिमा समूहका सूचकहरु क्रमशः सबैभन्दा बढी बढेका छन् । ८ कम्पनीको भाउ ९% भन्दा माथि वृद्धि भएको छ । सबैभन्दा धेरै प्रिमियर इन्सुरेन्सको २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा प्रभु बैंक र तेस्रोमा अपर तामाकोशी परेका छन् ।