Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

शेयर लिलामी के हाे ? कसरी आवेदन दिने ?


शेयर लिलामी के हाे ? कसरी आवेदन दिने ?

कम्पनीले निष्काशन गरेको हकप्रद विविध कारणले सबै बिक्री नहुँदा अवितरित हकप्रद शेयर वा अन्य शेयर पुनः बिक्रीका लागि सम्बन्धित संस्थाहरुले बोलकबोल आह्वान गर्दछन् । बोलकबोलमार्फत बिक्री गर्ने शेयरलाई लिलामी शेयर भनिन्छ ।

बोलकबोलका शेयरहरु प्राय छोटो समयका लागि मात्रै बिक्रीका लागि खुल्ला गरिन्छ । यस्तो शेयर खरीदका लागि बोकलबोल आह्वानपत्रमा उल्लेख भएको शर्त पूरा नभएको खण्डमा आवेदन खारेज पनि हुनसक्छ।

कसरी आवेदन दिने ?

लिलामी शेयर खरिद गर्न  बिक्री प्रबन्धक मार्फत  ताेकिएकाे शुल्क तिरेर आवेदन फारम प्राप्त गर्न सकिन्छ। बोलकबोलमा भएको शर्त अनुसार एकै व्यक्तिले एक वा एकभन्दा बढी आवेदन गर्न पाउने निर्धारण हुन्छ।

यसरी आफूले खरिद गर्न चाहेको शेयर संख्या र कति दरमा खरीद गर्न चाहेको हो स्पष्ट रुपमा खुलाएर तोकिएको आवश्यक सम्पूर्ण कागजातहरु आवेदनसँग संलग्न गर्नुपर्छ । लगानीकर्ताले खरिद गर्न चाहेको शेयरको कुल रकम बिक्री प्रबन्धकले तोकेको बैंक खाता वा गुड फर पेमेन्ट चेक आवेदन फारमसँगै बुझाउन पनि सकिन्छ।

सम्बन्धित कम्पनीका शाखा कार्यालयहरु, बिक्री प्रबन्धकले देशको ठूला शहरहरुमा तोकेको बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु मार्फत अक्सन शेयरमा आवेदन गर्न सकिन्छ। यसरी आवेदन गर्दा आवेदन फारममा तोकिएको विवरण भरी खाममा लाहाछाप लगाएर बुझाउनुपर्छ।

1

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

2

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

नेप्से ४० अंकले बढ्दा निफ्राको मात्रै साढे ४४ करोडको कारोबार

4

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

5

टोटेनहम र लिभरपुल बिजयी

6

लगातार सर्किटकाे यात्रामा चन्द्रागिरी


Share Tweet Send