Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

शंकर पाेख्रेलः नेपालज्यू एमालेविरुद्ध घात भएन ?


शंकर पाेख्रेलः नेपालज्यू एमालेविरुद्ध घात भएन ?

नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्डसँगको सहकार्यबारे प्रश्न गरेका छन् । उनले आइतबार सामाजिक सन्जालमार्फत नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग निरन्तर सहकार्यमा रहेको भन्ने नेपालको अभिव्यक्तिले तत्कालीन एमालेविरुद्ध घात भएन ? भन्दै प्रश्न गरेका छन् ।

"माधव कमरेड तपाईंले जारी गरेको निर्देशनअनुसार तात्कालीक माओवादी उग्रवामपन्थको राजनीतिक विरोध र प्रतिवादले गर्दा कमरेड यदु गौतमलगायत तात्कालीक एमालेका झन्डै ५०० कार्यकर्ताले जीवन बलिदान गर्नुभएको थियो । तर आज तपाईं कमरेड प्रचण्डसँग सुरुदेखि नै सहकार्यमा रहेको दाबी गर्दै हुनुहुन्छ । शान्तिप्रक्रियामा ल्याउन वार्ता गर्नु र निरन्तर सहकार्य गर्नु फरक होला नि कमरेड । त्यतिवेला साँच्चै माओवादी नेता प्रचण्डसँगको सहकार्य रहनुभएको हो भने त्यो पार्टीविरुद्धको घात भएन र  कमरेड ?’’ उनले सोधेका छन् ।

पोखरेलले प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्न आफ्नै मान्यताविपरीत नबोलेको भए हुन्थ्यो भन्दै सुझावसमेत दिएका छन् । आफ्नै नेतृत्वमा माओवादी उग्रवामपन्थविरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा छिट्टै बिर्सिएको आरोपसमेत लगाएका छन् ।

"विधि र पद्धतिमा जोड दिने तपाईंले अहिले प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताविपरीत नबोलेको भए हुन्थ्यो । शान्तिप्रक्रियामा प्रवेशपछि त हामी सबै सहकार्यमा होइन एकतामै बाँधिएका हौं,’’ उनले भनेका छन्, "त्योभन्दा पहिले लामो समयसम्म तपाईंकै नेतृत्वमा माओवादी उग्रवामपन्थविरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी बिर्सन मिल्छ र ?"

1

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

2

महिला लघुवित्तको आईपीओ हेर्न मिल्ने ३ वटै सर्भरमा समस्या,समस्या हुनुको कारण यस्तो

3

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र दिइसक्ने योजना

4

पर्यटकको आकर्षण बन्दै छहरा झरना

5

संसद पुनर्स्थापनापछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै,संसद आह्वानको सिफारिस गर्ने सम्भावना

6

पार्टीको आधिकारिक धारणा नेताहरुबाट बुझौँ, मिडियाबाट होइन: नारायणकाजी श्रेष्ठ


Share Tweet Send