बलिउड ड्रग्स प्रकरणः श्रद्दा कपुर पनि जाेडिइन्


बलिउड ड्रग्स प्रकरणः श्रद्दा कपुर पनि जाेडिइन्

सुशान्त सिंह राजपुतकाे मृत्युपछि बलिउडमा यतिबेला ड्रग्स प्रकरण माैलाएकाे छ । बलिउडका धेरै कलाकारहरूकाे नाम यसमा जाेडिइसकेकाे छ ।

यस्तै नयाँ नयाँ खुलासाकाे क्रममा  अभिनेत्री श्रद्दा कपुरकाे नाम पनि जाेडिएकाे छ । हालैमात्र अभिनेत्री दीपिका पादुकाेणकाे नाम याे प्रकरणमा जाेडिएपछि बलिउड तरङ्गित भएकाे थियाे । उनै दीपिका पादुकाेणकी म्यानेजर जया शाहले अभिनेत्री श्रद्दा कपुरलाई पनि ड्रग्स उपलब्ध गराएकाे खुलासा गरेकी छन् ।

एनसिबिले गरेकाे साेधपुछकाे क्रममा उनले श्रद्दा कपुरका लागि गाँजाकाे तेल उपलब्ध गराइदिएकाे बताएकी छिन् । जुन भारतमा प्रतिबन्धित छ ।

यसबाहेक उनले सुशान्त सिंह, रिया चक्रवर्ती, फिल्म निर्माता मधु मांटेना वर्मा र आफ्नै लागि पनि गाँजाको तेल मगाएको बताएकी छिन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...