durbar-times

सन्दीप र वर्षा अभिनित चलचित्र 'श्री' शुक्रबारबाट हलमा


सन्दीप र वर्षा अभिनित चलचित्र 'श्री'
शुक्रबारबाट हलमा

फिल्म ‘श्री’ यही शुक्रबारदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ ।

निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेको चलचित्र ‘श्री’ बारे मंगलबार राजधानीको सिडिसी सिनेमामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ  ।

नयाँ वर्षको अवसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दिप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रविन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा  मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् ।

पहिला केही ओटिटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भए तापनि ट्रेलर हेरेपछि भने यो फिल्म हलमै प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफैंले पहल गरेको फिल्मका वितरक करण श्रेष्ठले जानकारी दिए ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send