http://bit.ly/bajajdurbartimes

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ


आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौं | आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नुवाकोट ओखरपौवा-१ घर भई बारा निजगढ नगरपालिका-२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका-१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सिता नेपालीको शव पुस ९ गते फेला परेको थियो ।

अनुसन्धानको क्रममा जीवन र सीता पनौती बेथानचोक एरियामा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको र उनीहरुबीच आर्थिक कारोबार सम्बन्धमा बादबिवाद हुने गरेको र गत मंसिर २३ गते काभ्रेपलाञ्चोक पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीसँगै हिँडेपछि बेथानचोक गाउँपालिका-१ हात्तीडुंगास्थित खोलाको छेउमा रातको समयमा पुगी सितालाई जिवनले हात तथा लात्तीले प्रहार गरी हत्या गरेर फरार रहेको खुल्न आएको छ ।

घटना पश्चात सम्पर्कमा नरही फरार रहेका उनलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

1

नागरिक एप प्रयोग गर्नेलाई निःशुल्क मोबाइल डेटा

2

मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

3

विप्लवद्वारा भोलि नेपाल बन्दको घोषणा

4

नेपाल पुलिस क्लबको सानदार जित

5

महिला लिग :भोलि तय भएको दुई खेल स्थगित

6

कंगना रनौटको ट्विटर अकाउन्टमा लाग्यो प्रतिबन्ध


Share Tweet Send