श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी


श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी

कैलालीमा श्राद्धको खाना खाएर एकजनाको मङ्गलबार साँझ मृत्यु भएको छ । मृत्‍यु हुनेमा गोदावरी नगरपालिका– १० खमौराका सुरेश बोहरा हुन् । श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् ।

श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । बिरामी भएका अन्य १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष रवीन्द्र शाहीका अनुसार यही भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् । सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ ९खाद्य विषाक्तता का कारण उनीहरु बिरामी परेको बताए ।रासस


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...