http://bit.ly/bajajdurbartimes

बलात्कार मुद्दामा 'सिद्धबाबा'लाई जिल्ला अदालतले दियाे सफाइ


बलात्कार मुद्दामा 'सिद्धबाबा'लाई जिल्ला अदालतले दियाे सफाइ

काठमाडौँ |  एक जना अनुयायीमाथि बलात्कार गरेको आरोपमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ।

सुनसरीको चतरामा आश्रम बनाएर बस्दै आएका उनीमाथि एकजना अनुयायी महिलाले बलात्कार आरोप लगाएपछि पक्राउ परेका थिए।

जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको हो।

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गिरीका वकिलहरुको एकतर्फी बहस सुनेपछि न्यायाधीश कोइरालाले सफाइ दिएका हुन्। आजको बसहमा सरकारी वकिलहरु अदालतमा उपस्थित भएनन्।

जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले अभियोग दाबी नपुगेको ठहरसहित सफाइ दिइएको जानकारी दिएका छन्।

यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।

तिनै तहका अदालतले कारागार चलानको आदेश दिएपछि गिरीले त्यसविरूद्ध फैसला माग्दै जिल्ला अदालत सुनसरीमा निवेदन दिएका थिए ।

यस मुद्दामा सोमबार तोकिएको पेशी सार्न सरकारी वकिलको कार्यालयले अदालतमा निवेदन दर्ता गराएको थियो। सरकारी वकिलको निवेदन नै दर्ता नगरेको जनाइएको छ ।

1

पछिल्लो २४ घण्माटा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

2

प्रिमियर लिगमा आज २ खेल, चेल्सी र लेष्टर भिड्दै

3

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

4

लगातार बढेको नेप्सेमा मंगलबार करेक्शन

5

कोरोनाको डरले तीन महिनासम्म विमानस्थलमै लुकेर बसेका एक व्यक्ति

6

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन


Share Tweet Send